आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा अनेरास्ववियु क्याम्पस कमिटीद्वारा वक्तृत्वकला प्रतियोगिता

    प्रकाशित २०८१ जेष्ठ २९, मंगलबार (१ महिना अघि)


देवचुली। अनेरास्ववियु देवचुली क्याम्पस कमिटीद्वारा सोमबार वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । देवचुली १६ मा रहेको देवचुली क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

गणतन्त्र रक्षाका लागि युवा विद्यार्थीको भूमिका शिर्षकमा आयोजित प्रतियोगितामा  मुनाल बस्याल प्रथम, रुचि पोख्रेल द्वितीय र लक्ष्मी खनाल तृतीय भएका छन् । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ४ हजार, २ हजार र १ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको हो । पुरस्कारलाई एम्स एब्रोडबाट प्रायोजन गरिएको थियो ।

अनेरास्ववियु देवचुली क्याम्पस कमिटीका अध्यक्ष सुजल क्षेत्रीको अध्यक्षतामा भएको प्रतियोगितामा अनेरास्ववियु नवलपुरका अध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि अनेरास्ववियु गण्डकी प्रदेश सदस्य समीर पोख्रेल, देवचुली क्याम्पसका प्रमुख शिवहरी अधिकारी, अनेरास्ववियु नवलपुरका उपाध्यक्ष सौगात भुसाल, अनेरास्ववियु देवचुलीका अध्यक्ष सुजन भुसाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको उदघाटनका क्रममा अनेरास्ववियुले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको आयोजकले जनाएको छ । सो कार्यक्रमको सहजीकरण रितिका पोख्रेलले गरेकी थिइन् ।

Write your Comment