आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा धारिलो हतियारले आफ्नै घाँटी रेटी गम्भीर घाईते

    प्रकाशित २०८१ जेष्ठ २३, बुधबार (१ महिना अघि)


देवचुली । देवचुलीमा एक जना व्यक्तिले आफैले धारिलो हतियारले घाँटी रेटेका छन् । देवचुली नगरपालिका वडा नं १० पृथ्वीनगरका १८ वर्षिय रमेश महतोले धारिलो हतियार चुलेसीले आफ्नै घाँटी रेटिरहेको अवस्थामा देखेपछि तत्काल उनका दाई राजकुमार महतोले उपचारका लागि अस्पताल सम्म पुर्याएका हुन्। देवचुली अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि भरतपुर लगिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घाइते महतोको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनी मानसिक बिरामी रहेको उनको परिवारले जनाएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Write your Comment