आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

देवचुलीमा प्लाष्टिकजन्य फोहोर पुनः प्रयोग व्यवस्थापन सम्बन्धि तालिम

    प्रकाशित २०८१ बैशाख २४, सोमबार (१ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकामा प्लाष्टिकजन्य फोहोर पुनः प्रयोग व्यवस्थापन सम्बन्धि तालिम सुरु गरिएको छ । देवचुली नगरपालिकाको आयोजना तथा वास नमुना गाउँ परियोजना ( नापा वास) को सहयोगमा वैशाख २४ गतेदेखि २६ गतेसम्म देवचुली ५ मा रहेको सकलादेवी माध्यमिक विद्यालयमा तालिम गरिएको हो ।

समुदायमा रहेका प्लाष्टिकजन्य फोहरलाई स्थानीय स्तरमा व्यवस्थापन गर्न सिकाउन र वातावरणमैत्री समाज बनाउनका लागि तालिमको आयोजना गरिएको वास नमुना गाउँ परियोजनाका निर्देशक भिमबहादुर मल्लले जानकारी दिनुभयो । विद्यार्थीलाई फोहर व्यवस्थापनका बारेमा सिकाएर समुदायलाई सचेत बनाउन अभियानका लागि समेत तालिम दिइएको उहाँको भनाई छ ।

सकलादेवी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ पोखरेलको अध्यक्षतामा भएको तालिमको समुदघाटन कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि सकलादेवी माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लेखबहादुर सिंजाली,सिएटिनका प्रतिनिधि सुशील सुवेदी, शिवानन्द न्यौपाने लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उदघाटनमा बोल्दै वडा अध्यक्ष कृष्णप्रसाद सापकोटाले नगरमा फोहोर व्यवस्थापनको समस्या समाधानका लागि सरोकारवाला हातेमालो गर्दै अगाडि बढनुपर्ने बताउनुभयो ।

तीनदिनसम्म संचालन हुने तालिममा सकलादेवी माध्यमिक विद्यालयका कक्षा ८ का विद्यार्थीहरु, महिला वडा सदस्य तथा आमा समुहका प्रतिनिधिहरुलाई तालिम प्रदान गरिएको कार्यक्रम संयोजक प्रवीण घिमिरेले बताउनुभयो । तालिमबाट समुदायमा भएका प्लाष्टिकजन्य फोहोरहरु संकलन गरि व्यवस्थापन गर्न सिकाउने र तिनीहरुको सहि रुपमा प्रयोगका बारेमा सहजीकरण गरिने सहजकर्ता श्रीरेन्द्र प्रकाश पोखरेलले बताउनुभयो । तीनदिनसम्म फूल,माला, सजिसजावटका सामानहरु,मुढा,कलमदानी, फूलदानी लगायतका सामानहरु बनाउन सिकाइने छ।

नापा वासले देवचुली ५ र ६ मा खानेपानी स्वच्छता तथा वातावरण मैत्री समुदाय निर्माणका लागि निरन्तर परियोजना संचालन गर्दै आइरहेको छ ।

 

Write your Comment