आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

नाइन ‘ए’ साइड भेट्रान्स फुटबल : देवचुली १६ फाइनल प्रवेश

    प्रकाशित २०८१ बैशाख २४, सोमबार (१ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा संचालित वडा स्तरीय नाइन ‘ए’ साइड भेट्रान्स फुटबल प्रतियोगितामा आइतबार देवचुली १६ विजयी भएको छ । बैशाख पुर्णिमा अर्थात बुद्ध जयन्तीको अवसरमा वडा युवा तथा खेलकुद विकास समिति देवचुली ११ को आयोजना तथा पृथ्वी समाज सेवा क्लबको सह-आयोजनामा सुर्य किरण आधारभूत विद्यालयको खेल मैदानमा भएको प्रतियोगिता अन्तरगत आइतबार देवचुली १६ ले देवचुली ११ लाई हराएको हो ।

खेलमा देवचुली १६ ले देवचुली ११ लाई ट्राइबेकरमा ५-४ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट कुनै गोल गर्न नसकेपछि ट्राइबेकरबाट देवचुली १६ ले जित निकालेको थियो । खेलमा देवचुली १६ का राजेन्द्र परियार म्यान अफ दि म्याच भएका थिए ।

देवचुली नगरपालिकाका ३५ वर्ष उमेर पूरा भएका खेलाडीहरु सहभागी हुन पाउने प्रतियोगितामा प्रथम हुने वडाले नगद ४० हजार १ सय ११ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने वडाले नगद २० हजार १ सय ४१ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।

प्रतियोगितामा प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत सोमबार देवचुली १० का विरुद्ध देवचुली १४ बिच दोस्रो सेमिफाइनल खेल हुने खेल संयोजक कृष्ण ठाडाले जानकारी दिए ।

Write your Comment