आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024 Search
FLASH NEWS

नाइन ‘ए’ साइड भेट्रान्स फुटबल : बिहीबार देवचुली १६ विजयी

    प्रकाशित २०८१ बैशाख २१, शुक्रबार (२ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा संचालित वडा स्तरीय नाइन ‘ए’ साइड भेट्रान्स फुटबल प्रतियोगितामा बिहीबार देवचुली १६ विजयी भएको छ । बैशाख पुर्णिमा अर्थात बुद्ध जयन्तीको अवसरमा वडा युवा तथा खेलकुद विकास समिति देवचुली ११ को आयोजना तथा पृथ्वी समाज सेवा क्लबको सह-आयोजनामा सुर्य किरण आधारभूत विद्यालयको खेल मैदानमा भएको प्रतियोगिता अन्तरगत बिहीबार देवचुली १६ ले देवचुली १३ लाई हराएको हो ।

खेलमा देवचुली १६ ले देवचुली १३ लाई ५-१ गोल अन्तरले हराउँदै अर्को चरणमा प्रवेश गरेको हो । खेलमा देवचुली १६ का विमल क्षेत्री म्यान अफ दि म्याच भएका थिए ।


देवचुली नगरपालिकाका ३५ वर्ष उमेर पूरा भएका खेलाडीहरु सहभागी हुन पाउने प्रतियोगितामा १७ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने वडाले नगद ४० हजार १ सय ११ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने वडाले नगद २० हजार १ सय ४१ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।

प्रतियोगितामा प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार देवचुली १ का विरुद्ध देवचुली ११ बिच खेल हुने खेल संयोजक कृष्ण ठाडाले जानकारी दिए ।

Write your Comment