आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुर प्रिमियर लिग क्रिकेट : बुधबार मौलाकालिका वारियर्स विजयी

    प्रकाशित २०८१ बैशाख १९, बुधबार (२ महिना अघि)


देवचुली । देवचुलीमा नवलपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तरगत लिग चरणको अन्तिम खेलमा मौलाकालिका वारियर्स विजयी भएका छ । गैँडाकोट स्पोर्टसको आयोजनामा बैशाख १४ गतेदेखि देवचुली नगरपालिका वडा नम्बर १० स्थित रोयल क्रिकेट एकेडेमीको क्रिकेट ग्राउण्डमा संचालन भइरहेको प्रतियोगितामा बुधबार मौलाकालिकाले कावासोती सुपर किङ्गसलाई हराएको हो ।

बुधबार भएको खेलमा कावासोती सुपर किङ्गसलाई ६ विकेटले हराउँदै मौलाकालिका वारियर्स विजयी भएको हो । पहिले ब्याटिङ गरेको कावासोती सुपर किङ्गसले सरोज खत्रीको ३३ रन र जेनिश क्षेत्रीको २२ रनको मदतले २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो । त्यसै गरि बलिङतर्फ मौलाकालिकाका अशिम श्रेष्ठ ले २ विकेट र अप्रजित पौडेलले २ विकेट लिएका थिए।

१३१ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रिएको मौलाकालिका वारियर्सले १९.३ ओभरमा ४ विकेट गुमाउँदै १३३ रन मात्र बनाउँदै ४ विकेटको जित दर्ता गरेको हो । मौलाकालिका वारियर्सलेका आर्य महतोले ५१ रन र प्रमिश अर्यालले ४७ रन बनाएका थिए। त्यसै गरि बलिङतर्फ मौलाकालिकाका शिशिर भुसाल र रितिक श्रेष्ठले २/२ विकेट लिएका थिए। खेलमा मौलाकालिकाका आर्य महतो प्लेयर अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा बिजेता हुने टीमलाई ६५ हजार, उपविजेतालाई ५० हजार पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता लिगको आधारमा हुनेछ । त्यस्तै प्रतियोगितामा प्लेयर अफ द सिरिज ११ हजार, ट्रफि र मौलाकाली केबलकारको ४ वटा टिकट, बेष्ट ब्याटर ५ हजार ५ सय, बेष्ट बलर ५ हजार ५ सय, इमर्जिङ प्लेयर ४ हजार सहित मौलाकाली केबलकारको २ वटा टिकट, प्लेयर अफ द म्याचलाई १ हजार र एउटा केबलकारको टिकट प्रदान गरिने छ । प्रतियोगिता अन्तरगत बिहीबार मौलाकालिका वारियर्सविरुद्ध कावासोती सुपर किङ्गस बिच फाइनल खेल हुने आयोजकले जनाएको छ ।

Write your Comment