आज:  २०८१ जेष्ठ ९, बुधबार | Wed, 22, May, 2024 Search
FLASH NEWS

नवलपुर प्रिमियर लिग क्रिकेट : मंगलबार मौलाकालिका वारियर्स विजयी

    प्रकाशित २०८१ बैशाख १९, बुधबार (३ हफ्ता अघि)


देवचुली । देवचुलीमा नवलपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तरगत मंगलबार मौलाकालिका वारियर्स विजयी भएका छ । गैँडाकोट स्पोर्टसको आयोजनामा बैशाख १४ गतेदेखि देवचुली नगरपालिका वडा नम्बर १० स्थित रोयल क्रिकेट एकेडेमीको क्रिकेट ग्राउण्डमा संचालन भइरहेको प्रतियोगितामा मंगलबार मौलाकालिकाले रोयल अमरापुरीलाई हराएको हो ।

मंगलबार भएको खेलमा रोयल अमरापुरीलाई १ रनले हराउँदै मौलाकालिका वारियर्स विजयी भएको हो । पहिले ब्याटिङ गरेको मौलाकालिका वारियर्सले दानियल गुरुङको ३७ रन र मनिष न्यौपानेको २७ रनको मदतले २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । बलिङ तर्फ रोयल अमरापुरीका विशाल पौडेलले २ विकेट र सिजन श्रेष्ठले १ विकेट लिएका थिए ।

१५६ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रिएको रोयल अमरापुरीले २० ओभरमा १० विकेट गुमाउँदै १५४ रन मात्र बनाएको हो । रोयल अमरापुरीका रिजन काफ्लेले ६७ रन र विशाल पौडेलले २८ रन बनाएका थिए। त्यसै गरि बलिङतर्फ मौलाकालिकाका रिजवान आलमले ४ विकेट र जितेन्द्र सहनीले २ विकेट लिएका थिए। खेलमा मौलाकालिकाका रिजवान आलम प्लेयर अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा बिजेता हुने टीमलाई ६५ हजार, उपविजेतालाई ५० हजार पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता लिगको आधारमा हुनेछ । त्यस्तै प्रतियोगितामा प्लेयर अफ द सिरिज ११ हजार, ट्रफि र मौलाकाली केबलकारको ४ वटा टिकट, बेष्ट ब्याटर ५ हजार ५ सय, बेष्ट बलर ५ हजार ५ सय, इमर्जिङ प्लेयर ४ हजार सहित मौलाकाली केबलकारको २ वटा टिकट, प्लेयर अफ द म्याचलाई १ हजार र एउटा केबलकारको टिकट प्रदान गरिने छ । प्रतियोगिता अन्तरगत बुधबार मौलाकालिका वारियर्सविरुद्ध कावासोती सुपर किङ्गस बिच हुने आयोजकले जनाएको छ ।

 

Write your Comment