आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नेकपा एमाले देवचुलीको शनिबार दोस्रो नगर अधिवेशन हुने

    प्रकाशित २०८१ जेष्ठ १८, शुक्रबार (१ महिना अघि)


देवचुली । नेकपा एमाले देवचुली नगरपालिकाको दोस्रो नगर अधिवेशन शनिबार हुने भएको छ । अधिवेशनका लागि सम्पुर्ण तयारी सकिएको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

जेठ १९ गते शनिबार हुने अधिवेशनलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा नवलपुर इन्चार्ज मना केसी जिसीले समुदघाटन गर्ने नेकपा एमाले देवचुलीका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिनुभयो । नगर अधिवेशनका लागि नगर कमिटी, भुगोल, जनसंगठन लगायतबाट प्रतिनिधि चयन गरि सकिएको उहाँले बताउनुभयो । अधिवेशनका लागि १२२ महिला र १६७ पुरुष गरि २८९ जना प्रतिनिधि छनोट गरिएको र आगामी ३ वर्षका लागि ७५ जना सम्मको कमिटी बनाउन सकिने उहाँले बताउनुभयो । अध्यक्ष केसीका अनुसार नगर कमिटी सर्वसम्मत रुपमा चयन गरिने तयारी गरिएको बताउनुभयो ।

नगर कमिटीमा २० प्रतिशत युवा, ३३ प्रतिशत महिला र अन्य समावेशी बनाईने नेकपा एमाले देवचुलीका उपाध्यक्ष भीमलाल तिवारीले बताउनुभयो । अधिवेशनका लागि ३ लाख ८० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको र सो को व्यवस्थापन प्रवेश शुल्क र आन्तरिक आयबाट गरिने उहाँले बताउनुभयो । तिवारीका अनुसार अधिवेशनका लागि प्रतिवेदन तयारी, प्रचारप्रसार, प्रतिनिधि व्यवस्थापन, आर्थिक व्यवस्थापन, मंच व्यवस्थापन, जलपान, स्वयंसेवक परिचालन समिति गठन गरिएको छ ।

नगर अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य तथा देवचुली इन्चार्ज तिलप्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । पत्रकार सम्मेलनमा दोस्रो नगर अधिवेशनको लोगो समेत सार्वजनिक गरिएको थियो । लोगोमा देवचुलीको पहिचान र विशिष्टता प्रतिबिम्बित गर्ने प्रयास गरिएको छ । देवचुली डाँडा, देवचुली नगरपालिकाको नक्सा, होमस्टेको सिम्बोल, सांस्कृतिक पहिचान दिने कुडुलेघर, शाश्वतधाम, मन्दिर, घुमाउरी पिकनिक स्पट, एकसिंगे गैंडा र केही समथर भूभागका तस्बिरहरु लोगोमा राखिएको छ ।

सर्वसम्मत नगर अधिवेशन गर्ने तयारी गरिएको देवचुलीमा नगर अध्यक्षका वर्तमानका उपाध्यक्ष भीमलाल तिवारी, सचिव डिलाराम पाण्डे, पुर्व जिल्ला कमिटी सदस्य कृष्ण कंडेल लगायतका आंकाक्षी रहेको एमाले स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार नवलपुरका अन्य पालिकामा सर्वसम्मत अधिवेशन सम्पन्न भइरहदा देवचुलीमा पनि सर्वसम्मत समिति चयन हुने सम्भावना बढी छ।

 

Write your Comment