आज:  २०८१ भाद्र २७, बिहिबार | Thu, 12, Sep, 2024 Search
FLASH NEWS

कावासोतीमा महिनावारी सरसफाई तथा स्वच्छता सम्बन्धि सचेतना

    प्रकाशित २०८१ जेष्ठ १६, बुधबार (३ महिना अघि)


कावासोती । महिनावारी सरसफाई तथा स्वच्छता सम्बन्धि अन्तर्राष्ट्रिय दिवसको अवसरमा कावासोती वडा नं १२ मा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । मे २८ मा विश्वभर नै विभिन्न कार्यक्रमहरु मनाईरहेको सन्दर्भमा महिनानावारीको कुरा मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा नारा सहित अभिभावक र किशोरीहरुसँग यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि मंगलबार छलफल कार्यक्रम सम्पन्न गरिएको हो ।

जागृति बाल तथा युवा सरोकार नेपाल, कावासोती नगरपालिका वडा नम्बर १२ र नवलपुर किशोरी संजालको सयुक्त आयोजना र क्यान्नलनको सहयोगमा सो छलफल कार्यक्रमको आयोजना गरिएको कार्यक्रम अधिकृत राधादेवी बोटेले बताउनुभयो ।
उक्त छलफल कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य, प्रजनन चक्रहरु, महिनावारीमा सरसफाइ र खानपानमा ध्यान दिनु पर्ने बिषय, महिनावारी स्वच्छताको महत्त्व र यसको आवश्यकता बारे छलफल गरियको थियो ।साथै अभिभावक र किशोरीहरुविच महिनावारीको आफ्नो आफ्नो ब्यक्तिगत अनुभवहरु समेत आदानप्रदान गर्नु भएको थियो ।

कावासोती वडा नम्बर १२ को वडा सदस्य सदस्य होममाया नेपाली समुदायको सबै महिलाहरुले आफ्नो यौन तथा प्रजनन स्वास्थ्य र अधिकार , महिनावारीको समयमा आफ्नो स्वास्थ्यको ख्याल राख्ने तरिकाहरु र महत्त्वको बारेमा जानकारी राख्नुपर्नेमा जोड दिनुभयो ।
आफ्नो छोरीहरुले अभियानकर्ताको रूपमा गाउँगाउँमा सिकाउने अवस्था आयको र यसको नियमित र दिगोपनको लागि वडाले सधैं सहयोग गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बाल तथा किशोरी अभियन्ता रेजिना घर्तीमगर, मान्सु न्यौपाने र अनिता नेपालीले सहजीकरण गर्नु भएको थियोे । कावासोती वडा नं १२ का वडा सदस्य होममाया नेपालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समुदायका महिला, अभिभावकहरु, आमा समुहका प्रतिनिधिहरु, बालबालिका, किशोरकिशोरीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका राधा देवी बोटेले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै मे २८ को दिन महिनावारी दिवस मनाउनु र कार्यक्रम गर्नुको उद्देश्य बारे जानकारी दिनु भएको थियो। छलफल कार्यक्रममा अभिभावक, महिला, बालबालिका, किशोरकिशोरी, बाल तथा किशोरी अभियन्ताहरु गरि ३३ जनाको सहभागिता रहेको थियो ।

Write your Comment