आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा रक्तदान कार्यक्रम सम्पन्न

    प्रकाशित २०८१ जेष्ठ १४, सोमबार (२ महिना अघि)


देवचुली । १६ औं गणतन्त्र दिवसको अवसरमा प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाले सोमबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देवचुली नगरपालिका र देवचुली जेसिजको सहकार्य तथा नवलपुर रक्तसञ्चार सेवा कावासोतीको प्राविधिक सहयोगमा संस्थाको प्रधान कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

गर्मीको समयमा रक्त केन्द्रहरुमा रगतको माग बढी हुने गरेको र सामुदायिक अभियानमा सहकार्य अन्तरगत रक्तदान कार्यक्रम राखिएको आयोजक संस्थाका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो । बिहान ८ बजेदेखि संचालन भएको रक्तदान कार्यक्रममा ४ महिलासहित ४७ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । कार्यक्रममा रक्तदाता शोभाकान्त रेग्मीले १०० औं पटकको रक्तदान गरेका थिए ।

प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, देवचुली जेसिजका अध्यक्ष सन्तोष काफ्ले लगायतको उपस्थिति रहेको थियो।


प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष दुर्गादेवी विष्टले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सचिव इन्द्रमणि भुसालले सहजीकरण गर्नुभएको थियो।

Write your Comment