आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली १६ मा महिलाहरुका लागि नि:शुल्क स्वास्थ्य शिविर

    प्रकाशित २०८१ जेष्ठ ८, मंगलबार (२ महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर १६ मा महिलाहरुका लागि नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ। देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्तन तथा पाठेघरको क्यान्सर रोकथामका लागि स्क्रिनिङ्ग तथा स्त्रीरोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर गरिएको हो ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले शिविरको समुदघाटन गर्नुभएको हो । स्वास्थ्य शिविरको समुदघाटनमा देवचुली १६ का वडा अध्यक्ष केशवराज गौतम , डा. विद्या भुसाल, देवचुली स्वास्थ्य शाखा सिनियर अहेव अधिकृत पिताम्बर भुर्तेल, सिनियर अनमी निरीक्षक सिता न्यौपाने लगायत स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।

शिविर समुदघाटनमा बोल्दै नगर प्रमुख न्यौपानेले नगरबासीको स्वास्थ्य सेवाका लागि पालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको बताउनुभयो । नगरपालिकाले गाउँ गाउँमा स्वास्थ्य सेवाहरु विस्तार गरिरहेको बताउँदै सहज रुपमा आफ्नो स्वास्थ्य समस्याको उपचार गर्न उहाँले आग्रह समेत गर्नुभएको थियो ।

मंगलबार भएको शिविरमा १४८ जना महिलाहरुले सेवा लिएका थिए । जसमध्ये ५ जनामा पाठेघर खसेको, १ जनाले रिङ पेसरी प्रयोग गर्ने, ८ जनामा पाठेघरमा मासु पलाएको र ९ जनालाई रिफर गरिएको देवचुली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शाखाद्वारा नगरका अन्य स्थानमा समेत आवश्यकताका आधारमा शिविर संचालन गरिरहेको र आगामी दिनमा समेत निरन्तरता दिइने जनाइएको छ।

Write your Comment