आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा युवामैत्री स्थानीय तह विषयक अन्तरक्रिया

    प्रकाशित २०८१ जेष्ठ ५, शनिबार (२ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा युवामैत्री स्थानीय तह विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा राष्ट्रिय युवा परिषदको समन्वयमा शनिबार अन्तरक्रिया गरिएको हो ।

देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रवक्ता तिलप्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि राष्ट्रिय युवा परिषदका कार्यकारी सदस्य तिलोतम पौडेल,सामाजिक विकास समितिका संयोजक भुमिसरा थापा, कार्यपालिका सदस्य गोमा पौडेल, मधुमाया गुरुङ, देवचुली नगरपालिकाका शिक्षा शाखाका अधिकृत नन्दलाल ढकाल, नगर युवा तथा खेलकुद विकास समितिका पदाधिकारीहरु, वडा युवा तथा खेलकुद विकास समितिका अध्यक्ष तथा प्रतिनिधि, नगर तथा वडा बाल संजालका प्रतिनिधि लगायतको उपस्थितिमा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी सदस्य तिलोत्तम पौडेलले युवाको अवस्था, नेपालमा युवा सम्बन्धि संरचनाहरु, नेपाली युवाको अवसरहरु, नेपाली युवाको सवालहरु, युवा सम्बन्धि विद्यामान कानूनी तथा नीतिगत व्यवस्था, युथभिजन, युवा विकासका लागि दिर्घकालिन रणनीतिक युथ भिजन, युवा परिषद् ऐन, आवधिक योजनामा युवा, स्थानीय सरकारको कार्य जिम्मेवारीमा युवा, युवा तथा खेलकुद मन्त्रालयबाट संचालित कार्यक्रम र युवामैत्री स्थानीय शासनका विषयमा जानकारी गराउनुभएको थियो । युनडिपी, राष्ट्रिय युवा परिषद् र जागृति बाल तथा युवा सरोकार नेपालले युवामैत्री स्थानीय शासन सम्बन्धि अभियान संचालन गर्दै आइरहेको छ ।

देवचुली नगरपालिकाका नगर प्रवक्ता तिलप्रसाद काफ्लेले स्थानीय तहहरुले आफ्नो स्थानीय तहलाई युवामैत्री स्थानीय शासन बनाउनुपर्ने बताउनुभयो । युवाको अधिकारलाई सुनिश्चित गर्न स्थानीय तहदेखि नै युवाका सवालहरु शासन प्रणालीमा जोड्दै, उनीहरुको सक्रिय सहभागिता, संलग्नता र सहकार्यमा संचालन गरिने शासन प्रणाली युवामैत्री स्थानीय शासन बनाउनका लागि काम गर्नुपर्ने भन्दै देवचुली नगरपालिकाले पहल गर्ने बताउनुभयो । युवाहरुका लागि नगरबाट गर्नुपर्ने कार्यहरुका बारेमा लिखित रुपमा कार्यपालिकालाई उपलब्ध गराउन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा देवचुली नगरपालिकाका शिक्षा शाखाका अधिकृत नन्दलाल ढकालले नगर तथा वडा युवा तथा खेलकुद विकास समितिको काम, कर्तव्य र अधिकारको बारेमा जानकारी गराउनुभएको थियो । नगर युवा तथा खेलकुद विकास समितिका सचिव प्रकाश काफ्लेले यस वर्ष समितिले गरेका कार्यहरुको बारेमा जानकारी गराउनुभएको थियो। कार्यक्रममा आयोजक समितिका सदस्य तथा युवा कार्यक्रम संयोजक ढुण्डीराज केसीले स्वागत भनाई राख्नुभएको थियो ।

Write your Comment