आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली ९ मा खेलकुद सामग्री वितरण

    प्रकाशित २०८१ जेष्ठ ५, शनिबार (२ महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा ९ मा खेलाडीहरुलाई खेलकुद सामग्री वितरण गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर ९ को आयोजना तथा वडा खेलकुद विकास समिति देवचुली ९ को समन्वयमा बिहीबार वडा कार्यालयको सभाहलमा कार्यक्रम गरि खेलकुद सामग्री वितरण गरिएको हो ।


वडा कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा खेलकुदका लागि विनियोजित बजेटबाट वडा खेलकुद विकास समितिको समन्वयमा भलिबल, फुटबल र क्रिकेट खेलका सामग्रीहरु वितरण गरिएको वडा अध्यक्ष बलिराम सापकोटाले जानकारी दिनुभयो । वडामा युवाहरुलाई खेलकुदमा अग्रसर बनाउनका लागि वडा खेलकुद विकास समिति निर्माण गरि विभिन्न खेलहरुको आयोजना तथा खेलाडीहरुलाई खेलमा सहभागिता गराइएको उहाँले बताउनुभयो । वडामा रहेका भलिबल, फुटबल र क्रिकेट खेलका खेलाडीहरुलाई आवश्यक पर्ने सामग्री वितरण गरिएको हो।


देवचुली नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बलिराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य मधुमाया गुरुङ, देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष चन्द्रबहादुर थापा, वडा सदस्यहरु आइतमान गुरुङ, विष्णुबहादुर खडका, तिलकुमारी बिक, वडा सचिव रमा न्यौपाने, वडा खेलकुद विकास समितिका अध्यक्ष कृष्णबहादुर आले, वडा खेलकुद विकास समितिका पदाधिकारीहरु तथा खेलाडीहरुको उपस्थिति रहेको थियो।


वडामा रहेका खेलाडीहरुको मागका आधारमा खेलका सामग्री वितरण गरिएको वडा खेलकुद विकास समिति देवचुली ९ का अध्यक्ष कृष्णबहादुर आलेले बताउनुभयो ।

Write your Comment