आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नारायणीमा बन्ने नयाँ पुलको आज शिलान्यास हुने

    प्रकाशित २०८१ बैशाख ३१, सोमबार (२ महिना अघि)


नवलपुर । नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गर्ने भएका छन् । उनी आइतबार नै चितवन आएका थिए ।

प्रधानमन्त्री प्रचण्डले नवलपुरको गैंडाकोट र चितवनको नारायणगढ जोड्ने पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणी नदी माथि बन्ने केबलस्टेट पुलको शिलान्यास गर्न लागेका हुन् ।
नयाँ बन्ने पुल ४ सय २० मिटर लामो हुनेछ । १२ मिटर लामो फराकिलो पुलमा चार वटा पिल्लर रहने सडक विभागको पुल महाशाखाले जनाएको छ । पुल अहिले रहेको पुलभन्दा उत्तरतर्फ रहने छ ।

नयाँ पुल अहिलेको भन्दा थप उचाइको हुने सडक विभागले जनाएको छ । नयाँ पुलको तल्लो भागबाट सानातिना पानी जहाज आवतजावत गर्न मिल्ने गरी डिजाइन गरिएको छ । अहिले भइरहेको पुल निकै पुरानो र जीर्ण बनेकाले नयाँ आकर्षक पुल बनाउन लागिएको हो ।

तुँदी कन्स्ट्रक्सन प्रा.लि.ले चार वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको पुलको डिजाइन पनि सोही कम्पनीले तयार गरी पुल महाशाखाले स्वीकृत गरेको हो ।

पुलको लागत भ्याटसहित १ अर्ब ६८ करोड ७६ लाख २३ हजार तीन सय ५४ मा रहेको छ । ठेक्का भएको ४ वर्ष भित्र सक्ने सम्झौता भए पनि एक वर्षको समय गुज्रिसकेको छ ।

ठेकेदारले गरेको डिजाइन अनुसार पुलको २ ठाउँमा टावर राखिनेछन् । पुलमा सवारी हिँड्न ७.५ मिटर छुट्टाइने छ भने बाँकी भागमा फुटपाथ र साइकलसमेत चलाउन मिल्ने गरी डिजाइन गरिएको छ ।

Write your Comment