आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024 Search
FLASH NEWS

बालिका बलात्कार घटनाका आरोपित पक्राउ

    प्रकाशित २०८१ बैशाख २८, शुक्रबार (१ हफ्ता अघि)


नवलपुर । छ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोतीका २६ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

आरोपितले आफ्नै छोरीलाई बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी कमल परियारले जानकारी दिनुभयो । आरोपितले घरमा एक्लै रहेको बेलामा आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आरोपितलाई सरकारी वकिलको कार्यालय मार्फत जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरि म्याद थप गरेर अनुसन्धान चलिरहेको सूचना अधिकारी परियारले बताउनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण मध्यविन्दु जिल्ला अस्पतालमा भएको छ ।

Write your Comment