आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024 Search
FLASH NEWS

नवलपुर प्रिमियर लिग क्रिकेट : सोमबार मौलाकालिका वारियर्स र रोयल अमरापुरी विजयी

    प्रकाशित २०८१ बैशाख १८, मंगलबार (२ हफ्ता अघि)


देवचुली । देवचुलीमा नवलपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तरगत सोमबार मौलाकालिका वारियर्स र रोयल अमरापुरी विजयी भएका छन् । गैँडाकोट स्पोर्टसको आयोजनामा बैशाख १४ गतेदेखि १९ गतेसम्म देवचुली नगरपालिका वडा नम्बर १० स्थित रोयल क्रिकेट एकेडेमीको क्रिकेट ग्राउण्डमा संचालन भइरहेको प्रतियोगितामा सोमबार मौलाकालिकाले नवलपुर नाइट राइडर्सलाई र रोयल अमरापुरीले कावासोती सुपर किङ्गसलाई हराएको हो ।

सोमबार भएको पहिलो खेलमा नवलपुर नाइट राइडर्सलाई २९ रनले हराउँदै मौलाकालिका वारियर्स विजयी भएको हो । पहिले ब्याटिङ गरेको मौलाकालिका वारियर्सले अशिम श्रेष्ठको ३८ रन र दानियल गुरुङको २८ रनको मदतले २० ओभरमा ८ विकेट गुमाउँदै १०७ रन बनाएको थियो । बलिङ तर्फ नवलपुर नाइट राइडर्सका नयन प्रधानले ४ विकेट र अश्विन थापाले २ विकेट लिएका थिए ।

१०८ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रिएको नवलपुर नाइट राइडर्सले १७.३ ओभरमा १० विकेट गुमाउँदै ७८ रन मात्र बनाएको हो । नवलपुर नाइट राइडर्सका संघर्ष पौडेलले १८ रन र विदुर पुनले ११ रन बनाएका थिए। त्यसै गरि बलिङतर्फ मौलाकालिकाका अप्रजित पौडेलले ३ विकेट र अशिम श्रेष्ठले २ विकेट लिएका थिए। पहिलो खेलमा मौलाकालिकाका अशिम श्रेष्ठ प्लेयर अफ दि म्याच भएका थिए ।

सोमबार नै भएको दोस्रो खेलमा रोयल अमरापुरीले कावासोती सुपर किङ्गसलाई ७ विकेटले हराएको छ। पहिले ब्याटिङ गरेको कावासोतीले जेनिश क्षेत्रीको ३३ रन र कैलाश पंगेनीको २३ रनको मदतले १९.१ ओभरमा १० विकेट गुमाउँदै मात्र ९५ रन बनाएको थियो । कावासोतीको पारी ध्वस्त बनाउन अमरापुरीका दानियल इकवल र प्रतीक श्रेष्ठले ३/३ विकेट लिएका थिए ।

९६ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रिएको रोयल अमरापुरीले १४.३ ओभरमा ४ विकेट गुमाउँदै ९६ रन बनाउँदै ६ विकेटको जित दर्ता गरेको हो । अमरापुरीका प्रतीक श्रेष्ठले ४८ रन र रिजन काफ्लेले १५ रन बनाएका थिए। त्यसै गरि बलिङ तर्फ कावासोतीका कैलाश पंगेनीले ३ विकेट र रितिश श्रेष्ठले १ विकेट लिएका थिए। दोस्रो खेलमा अमरापुरीका प्रतीक श्रेष्ठ प्लेयर अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा बिजेता हुने टीमलाई ६५ हजार, उपविजेतालाई ५० हजार पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता लिगको आधारमा हुनेछ । त्यस्तै प्रतियोगितामा प्लेयर अफ द सिरिज ११ हजार, ट्रफि र मौलाकाली केबलकारको ४ वटा टिकट, बेष्ट ब्याटर ५ हजार ५ सय, बेष्ट बलर ५ हजार ५ सय, इमर्जिङ प्लेयर ४ हजार सहित मौलाकाली केबलकारको २ वटा टिकट, प्लेयर अफ द म्याचलाई १ हजार र एउटा केबलकारको टिकट प्रदान गरिने छ ।प्रतियोगिता अन्तरगत मंगलबार मौलाकालिका वारियर्सविरुद्ध रोयल अमरापुरी र कावासोती सुपर किङ्गस विरुद्ध गैँडाकोट बिस्ट १७ बिच हुने आयोजकले जनाएको छ ।

Write your Comment