आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024 Search
FLASH NEWS

नवलपुरमा बाघको आक्रमणबाट एकजना गम्भीर घाइते

    प्रकाशित २०८१ बैशाख १७, सोमबार (२ हफ्ता अघि)


नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका–५ बाघखोरको सामुदायिक वनमा बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बाघखोर निवासी ३० बर्षीय यम नारायण महतो रहेको प्रहरीको भनाइ छ ।

सोमबार दिउँसो पौने १ बजे मध्यविन्दु नगरपालिका ५ बाघखोरको हरियाली मध्यवर्ती सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा महतोलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। घाइते महतोको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागि पठाइएको थियोे । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भरतपुर रिफर गरिएको मध्यविन्दु जिल्ला अस्पतालले जनाएको छ ।

Write your Comment