आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024 Search
FLASH NEWS

नाइन ‘ए’ साइड भेट्रान्स फुटबल : आइतबार देवचुली १७ विजयी

    प्रकाशित २०८१ बैशाख १७, सोमबार (२ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा संचालित वडा स्तरीय नाइन ‘ए’ साइड भेट्रान्स फुटबल प्रतियोगितामा आइतबार देवचुली १७ विजयी भएको छ । बैशाख पुर्णिमा अर्थात बुद्ध जयन्तीको अवसरमा वडा युवा तथा खेलकुद विकास समिति देवचुली ११ को आयोजना तथा पृथ्वी समाज सेवा क्लबको सह-आयोजनामा सुर्य किरण आधारभूत विद्यालयको खेल मैदानमा भएको प्रतियोगिता अन्तरगत आइतबार देवचुली १७ ले देवचुली १२ लाई हराएको हो ।

खेलमा देवचुली १७ ले देवचुली १२ लाई ४-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । देवचुली १७ बाट प्रकाश हमालले ३ गोल र सुकलाल तामाङले १ गोल गरेका थिए । खेलमा देवचुली १७ का प्रकाश हमाल म्यान अफ दि म्याच भएका थिए ।

देवचुली नगरपालिकाका ३५ वर्ष उमेर पूरा भएका खेलाडीहरु सहभागी हुन पाउने प्रतियोगितामा १७ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने वडाले नगद ४० हजार १ सय ११ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने वडाले नगद २० हजार १ सय ४१ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।

प्रतियोगितामा प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत सोमबार देवचुली १ का विरुद्ध देवचुली ८ बिच खेल हुने खेल संयोजक कृष्ण ठाडाले जानकारी दिए ।

Write your Comment