आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024 Search
FLASH NEWS

नवलपुरको गैंडाकोटमा आगलागीबाट घरगोठ जल्यो

    प्रकाशित २०८१ बैशाख १६, आईतबार (१ हफ्ता अघि)


नवलपुर । गैंडाकोटमा आगलागी हुँदा घर गोठ जलेर पूर्ण रुपमा क्षति भएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनीस्थित वडा कार्यालय नजिक गएराति एक घर र गोठमा आगलागीले जलेको हो ।

वडाध्यक्ष शिवकान्त तिवारीका अनुसार आगलागीबाट स्थानीय तुलबहादुर डिस्वाको घर र गोठ जलेर पूर्णरूपमा नष्ट भएको हो ।तिवारीका अनुसार सबैले चाँडै तदारुकता देखाएर आगो नियन्त्रणमा लिइएका कारण सिंगै गाउँमा आगो फैलिनबाट जोगाएको बताए । गएराति करिब सवा २ बजेको समयमा भीषण आगो लागेको थियो ।

स्थानीय , प्रहरी र दमकलको सहयोगले बिहान साढे ५ बजे आगो निभाउन सफल भएका थिए । आगलागीबाट सुनारीको काठको दुई तले घर र सम्पूर्ण सामग्री जलेको प्रहरीले जनाएको छ ।

Write your Comment