आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024 Search
FLASH NEWS

नवलपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता : शनिबार नवलपुर नाइट राइडर्स र मौलाकालिका वारियर्ड विजयी

    प्रकाशित २०८१ बैशाख १५, शनिबार (१ हफ्ता अघि)


देवचुली । देवचुलीमा नवलपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तरगत शनिबार नवलपुर नाइट राइडर्स र मौलाकालिका वारियर्ड विजय भएका छन् । गैँडाकोट स्पोर्टसको आयोजनामा बैशाख १४ गतेदेखि १९ गतेसम्म देवचुली नगरपालिका वडा नम्बर १० स्थित रोयल क्रिकेट एकेडेमीको क्रिकेट ग्राउण्डमा संचालन भइरहेको प्रतियोगितामा शनिबार नवलपुरले रोयल अमरापुरीलाई र मौलाकालिकाले गैंडाकोट बिष्ट १७ लाई हराएको हो ।

शनिबार भएको पहिलो खेलमा रोयल अमरापुरीलाई ४ विकेटले हराउँदै नवलपुर नाइट राइडर्स विजयी भएको हो । पहिले ब्याटिङ गरेको रोयल अमरापुरीले दनिश इकवलको ३२ रन र विशाल पौडेलको १२ रनको मदतले १६ ओभरमा १० विकेट गुमाउँदै १०५ रन बनाएको थियो । बलिङ तर्फ नवलपुर नाइट राइडर्सका अश्विन थापा र नयन प्रधानले ३/३ विकेट लिएका थिए ।

१०६ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रिएको नवलपुर नाइट राइडर्सले १८ ओभरमा ६ विकेट गुमाउँदै १०७ रन बनाई ४ विकेटको जित हात पारेको हो । नवलपुर नाइट राइडर्सका रविन्द्र तिमिल्सिनाले ४४ रन र विदुर पुनले २० रन बनाएका थिए। त्यसै गरि बलिङतर्फ रोयल अमरापुरीका प्रतीक श्रेष्ठ र प्रदिप अर्यालले २/२ विकेट लिएका थिए। आजको पहिलो खेलमा नवलपुर नाइट राइडर्सका रविन्द्र तिमिल्सिना प्लेयर अफ दि म्याच भएका थिए ।

शनिबार नै भएको दोस्रो खेलमा मौलाकालिका वारियर्सले गैँडाकोट बिस्ट १७ लाई ३ रनले हराएको छ। पहिले ब्याटिङ गरेको मौलाकालिका वारियर्सले दानियल गुरुङको २२ रन र आर्य महतोको १९ रनको मदतले १७.४ ओभरमा १० विकेट गुमाउँदै ९८ रन बनाएको थियो । बलिङ तर्फ गैँडाकोट बिस्ट १७ का कशिश सुबेदीले ३ विकेट र त्रिशन चौलागाईंले २ विकेट लिएका थिए ।

९९ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रिएको गैँडाकोट बिस्ट १७ ले १७.४ ओभरमा १० विकेट गुमाउँदै ९५ रनमा सिमित भएको हो । गैँडाकोट बिस्ट १७ का दिपेश श्रेष्ठले २१ रन र विकल गुप्ताले २० रन बनाएका थिए। त्यसै गरि बलिङ तर्फ मौलाकालिका वारियर्डका प्रशिद्ध अर्यालले ४ विकेट र जितेन्द्र शहनीले ३ विकेट लिएका थिए। दोस्रो खेलमा मौलाकालिका वारियर्सका प्रशिद्ध अर्याल प्लेयर अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा बिजेता हुने टीमलाई ६५ हजार, उपविजेतालाई ५० हजार पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता लिगको आधारमा हुनेछ । त्यस्तै प्रतियोगितामा प्लेयर अफ द सिरिज ११ हजार, ट्रफि र मौलाकाली केबलकारको ४ वटा टिकट, बेष्ट ब्याटर ५ हजार ५ सय, बेष्ट बलर ५ हजार ५ सय, इमर्जिङ प्लेयर ४ हजार सहित मौलाकाली केबलकारको २ वटा टिकट, प्लेयर अफ द म्याचलाई १ हजार र एउटा केबलकारको टिकट प्रदान गरिने छ ।प्रतियोगिता अन्तरगत आइतबार कावासोती सुपर किङ्गस विरुद्ध नवलपुर नाइट राइडर्स र रोयल अमरापुरीका विरुद्ध गैँडाकोट बिस्ट १७ बिच हुने आयोजकले जनाएको छ ।

 

Write your Comment