आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024 Search
FLASH NEWS

देवचुली १० मा कृषकहरुका लागि आवश्यक सामग्री वितरण

    प्रकाशित २०८१ बैशाख १५, शनिबार (१ हफ्ता अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर १० मा कृषकहरूका लागि आवश्यक सामग्री वितरण गरिएको छ । देवचुली १० मा कृषि उत्पादकत्व वृद्धिका लागि पशुपालन फर्म, कृषक समूह र मौरीपालक कृषक समुहको प्रोत्साहनका लागि सामग्री वितरण गरिएको हो । देवचुली १० बाट आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित ३ लाख रुपैयाँबाट कृषकहरुको माग बमोजिमका सामग्रीहरु उपलब्ध गराइएको वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले जानकारी दिनुभयो ।

देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरको अध्यक्षतामा भएको सामग्री वितरण कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । वडामा दर्ता भएका, नवीकरण गरेका पशुपालन फर्म, कृषक समूह र मौरी पालक कृषकहरु गरि ३८ जनाको वडामा दिएको निवेदनका आधारमा सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख हरिप्रसाद न्यौपानेले देवचुली नगरपालिकाले कृषिलाई प्राथमिकता दिदै काम गरिरहेको बताउनुभयो । कृषि पेशालाई उत्पादनमा जोड्दै कृषकहरुको आर्थिक उपार्जनका लागि नगरपालिका सदैव लागिरहेको उहाँले बताउनुभयो । नगरपालिकाले कृषि शाखा मार्फत कृषकहरुका लागि आवश्यक कार्यक्रमहरु संचालन गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा कृषकहरुले नगरबाट वितरण हुने अनुदानलाई थप पारदर्शी बनाउनुपर्ने, सिँचाइको व्यवस्था, समयमै मल बिउबिजनको व्यवस्था गर्नुपर्ने लगायतका सुझावहरु राखेका थिए । किसानहरुका गुनासा र सुझावहरुलाई देवचुली नगरपालिकाका कृषि शाखा प्रमुख गगन भट्टराईले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रममा देवचुली नगरपालिकाका लेखा अधिकृत नारायण ढकाल, वडा सदस्यहरु, नगर प्रमुखका स्वकीय सचिव सागर न्यौपाने लगायत देवचुली १० का कृषकहरूको उपस्थिति रहेको थियो ।

Write your Comment