आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024 Search
FLASH NEWS

युरिया मलको ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

    प्रकाशित २०८१ बैशाख १४, शुक्रबार (१ हफ्ता अघि)


काठमाडौं – सरकारले यस बर्षको बर्खेखेतीका लागि ३० हजार टन युरिया मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई दिएको छ । नेपाल सरकारको तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडले दुई महिनाअघि आह्वान गरेको ठेक्का भारतीय कम्पनी इण्डियन पोटास लिमिटेडलाई परेको हो ।

एक करोड २८ लाख ७६ हजार ३०० अमेरिकी डलर (करिब १ अर्ब ७१ करोड २५ लाख रुपैयाँ) मा इण्डियन पोटासले ठेक्का सकारेको हो ।
ठेक्का शर्तअनुसार भारतीय कम्पनीले १०७ दिन अर्थात भाद्र २०८१ भित्रमा नेपालमा ३० हजार टन युरिया मल ल्याउनुपर्नेछ ।

यसअघिका वर्षमा राजनीतिक पहुँच आधारमा ठेक्का हात पार्ने, तर मल नै नल्याई खेती लगाउने सिजनमा किसानलाई मल नै नदिने प्रवृत्ति थियो । यसपटक भारतीय कम्पनीले सीधै ठेक्का पाएकाले किसानले समयमै मल पाउने कृषि सामग्री केन्द्रका अधिकारीहरू बताउँछन् ।

तर, धानको ब्याड राख्ने समय भैसकेको र मल ल्याउन १०७ दिनको समय दिइएकाले यसपटक पनि किसानले समयमै मल नपाउने जोखिम कायमै छ । ठेक्का लागेको ३ महिना १७ दिन हिसाब गर्दा भारतीय कम्पनीले अवधि गुजार्न खोजे भदौको मध्यतिर मात्र नेपालमा युरिया मल उपलब्ध हुन सक्छ । भारतीय ठेकेदारले ल्याएको मल जिल्ला–जिल्लामा वितरण गर्दासम्म मुख्यतः धान काट्ने याम शुरू भइसक्छ ।

Write your Comment