आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024 Search
FLASH NEWS

नवलपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता आजबाट सुरु

    प्रकाशित २०८१ बैशाख १४, शुक्रबार (१ हफ्ता अघि)


देवचुली । देवचुलीमा नवलपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता आजबाट सुरु हुने भएको छ । गैँडाकोट स्पोर्टसको आयोजनामा बैशाख १४ गतेदेखि १९ गतेसम्म देवचुली नगरपालिका वडा नम्बर १० स्थित रोयल क्रिकेट एकेडेमीको क्रिकेट ग्राउण्डमा प्रतियोगिता संचालन हुने भएको हो ।

प्रतियोगितामा मौलाकालिका वारियर्स, कावासोती सुपर किङ्गस, रोयल अमरापुरी, गैँडाकोट बिस्ट वार्ड १७ र नवलपुर नाइट राइडर्स गरी ५ टिमको सहभागिता रहेको गैँडाकोट स्पोर्टसका अध्यक्ष एवं नवलपुर जिल्ला क्रिकेट संघका सचिव विवेक न्यौपानेले जानकारी दिए ।

प्रतियोगितामा बिजेता हुने टीमलाई ६५ हजार, उपविजेतालाई ५० हजार पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता लिगको आधारमा हुनेछ । त्यस्तै प्रतियोगितामा प्लेयर अफ द सिरिज ११ हजार, ट्रफि र मौलाकाली केबलकारको ४ वटा टिकट, बेष्ट ब्याटर ५ हजार ५ सय, बेष्ट बलर ५ हजार ५ सय, इमर्जिङ प्लेयर ४ हजार सहित मौलाकाली केबलकारको २ वटा टिकट, प्लेयर अफ द म्याचलाई १ हजार र एउटा केबलकारको टिकट प्रदान गरिने छ ।

प्रतियोगिता अन्तरगत शुक्रबार नवलपुर नाइट राइडर्सका विरुद्ध गैंडाकोट बिस्ट वार्ड १७ र मौलाकालिका वारियर्सका विरुद्ध कावासोती सुपर किङ्गबिच हुने आयोजकले जनाएको छ ।

Write your Comment