आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024 Search
FLASH NEWS

कावासोतीबाट लोड भएको अवस्थामा भरुवा बन्दुक बरामद

    प्रकाशित २०८१ बैशाख १३, बिहिबार (१ हफ्ता अघि)


नवलपुर । नवलपरासी पूर्वको कावासोती १ स्थित बालुवा डाँडामा लुकाई छिपाइ राखेको अवस्थामा भरुवा बन्दुक बरामद गरिएको छ । बारुद लोड भएको एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा स्थानिय मन बहादुर रानाको अम्रिसो बारीमा फेला परेको सूचना अनुसार जिल्ला प्रहरी कार्यालयको टोलीले उक्त बन्दुक बरामद गरेको हो ।

लोड भएको अवस्थामा भरुवा बन्दुक फेला परेपछी प्रहरीले आवश्यक अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी कमल परियारले जानकारी दिनुभयो । प्रहरीले गत आइतबार मात्रै विनयी त्रिवेणी गाउँपालिका ३ सर्दीबाट तेबहादुर चिढीमगरलाई लोड गरेको अवस्थामा रहेको १ थान भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको थियो ।

Write your Comment