आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024 Search
FLASH NEWS

देवचुली ११ मा नाइन ‘ए’ साइड भेट्रान्स फुटबल प्रतियोगिता हुने

    प्रकाशित २०८१ बैशाख १२, बुधबार (१ हफ्ता अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर ११ मा वडा स्तरीय नाइन ‘ए’ साइड भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ। बैशाख पुर्णिमा अर्थात बुद्ध जयन्तीको अवसरमा पृथ्वी समाज सेवा क्लबको आयोजनामा बैशाख १५ गतेबाट छैठौं संस्करणको नाइन ‘ए’ साइड भेट्रान्स फुटबल प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता अन्तरगतका खेलहरु सुर्य किरण आधारभूत विद्यालयको खेल मैदानमा संचालन हुनेछन् ।

देवचुली नगरपालिकाका विभिन्न वडाबाट ३५ वर्ष उमेर पूरा भएका खेलाडीहरु खेलमा सहभागी हुन पाउनेछन् । प्रतियोगितामा प्रथम हुने वडाले नगद ४० हजार १ सय ११ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने वडाले नगद २० हजार १ सय ४१ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ। प्रतियोगितामा प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

Write your Comment