आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024 Search
FLASH NEWS

कावासोतीमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु

    प्रकाशित २०८१ बैशाख ११, मंगलबार (१ हफ्ता अघि)


नवलपुर । नवलपुरको कावासोतीमा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं १५ मा रहेको बाडखोलामा पौडी खेल्ने क्रममा तनहुँ घिरिङ – २ माहोरकोट घर भई हाल कावासोती – १४ त्रिभुवनटार बसोबास गर्ने १५ वर्षीय रविन रानाको निधन भएको हो ।

मङ्गलबार दिउँसो १२ बजे पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका रानालाई प्रहरीको टोलीले खोज्ने क्रममा सोही स्थानमा मृतक अवस्थामा फेला पारेको थियो । बालकको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको छ ।

Write your Comment