आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024 Search
FLASH NEWS

हुप्सेकोटमा नि:शुल्क मोतियाबिन्दुको अप्रेसन सहितको आँखा शिविर सुरु

    प्रकाशित २०८१ बैशाख १०, सोमबार (१ हफ्ता अघि)


नवलपुर । हुप्सेकोट गाउँपालिकामा नि: शुल्क मोतियाबिन्दुको अप्रेसन सहितको आँखा शिविर सुरु गरिएको छ । हुप्सेकोट गाउँपालिका र नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा बैशाख १० गतेदेखि १३ गतेसम्म शिविरको आयोजना गरिएको हो ।

पहिलो दिन धोवादी स्वास्थ्य चौकी, शंखदेव र हुप्सेकोट स्वास्थ्य चौकी मौलाथरमा शिविर संचालन गरिएको हो । शिविरमा २२६ जनाले सेवा लिएका र ३२ जनामा मोतियाबिन्दु साथै ३ जनामा आँखाको नानीमा मासु पलाएको पाइएको हुप्सिकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो । त्यसै गरि मंगलबार आँखा उपचार केन्द्र, बेलुवा र देउराली प्राथमिक अस्पताल, झ्यालबासमा शिविर संचालन गरिने उहाँले बताउनुभयो ।

शिविरमा मोतियाबिन्दु र आँखाको नानीमा मासु पलाएकाहरुलाई बुधबार र बिहीबार देउराली प्राथमिक अस्पतालमा नि: शुल्क अप्रेसन गरिने गाउँपालिकाले जनाएको छ । आँखामा समस्या भएकाहरु शिविरमा उपचारका लागि आउन गाउँपालिकाले पालिकाबासीमा अनुरोध समेत गरेको छ।

Write your Comment