आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024 Search
FLASH NEWS

कतारका राजालाई स्वागत गर्न भोलि सार्वजनिक बिदा

    प्रकाशित २०८१ बैशाख १०, सोमबार (१ हफ्ता अघि)


काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ। कतारका अमिरले भोलि वैशाख ११ गतेदेखि नेपालको राजकीय भ्रमण गर्ने भएकाले सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबारको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी पहिलोपटक मंगलबार नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदैछन्। कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट नेपालले कतारको लगानी, हमासमा बेपत्ता विपिन जोशीको उद्धार र श्रम सम्झौता सम्मका विषयमा लाभ लिन सक्नुपर्ने परराष्ट्रका जानकारहरुको भनाइ छ।

Write your Comment