आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024 Search
FLASH NEWS

देवचुली ४ मा सिँचाइका लागि डिप बोरिङ निर्माण सुरु

    प्रकाशित २०८१ बैशाख ५, बुधबार (१ हफ्ता अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्वर ४ परानपुरमा सिँचाइका लागि डिप बोरिङ निर्माण सुरु गरिएको छ । देवचुली वडा नम्बर ४ को समन्वयमा संघीय सरकारको ५० लाख रुपैयाँबाट डिप बोरिङ निर्माण सुरु गरिएको हो ।

आर्थिक वर्ष २०८०/०८१ भित्र सम्पन्न गर्ने गरि डिप बोरिङको काम मंगलबारबाट सुरु भएको देवचुली वडा नम्बर ४ का वडा अध्यक्ष गिरबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।


बोरिङ निर्माण पश्चात् परानपुर क्षेत्रका ४० बिघा क्षेत्रफलमा सिँचाइ गर्न सकिने उहाँले बताउनुभयो । देवचुली ४ मा गत वर्षदेखि १ वटा डिप बोरिङ निर्माण गरिएको र पाइपलाईन विस्तारको काम बाँकी रहेको उहाँले बताउनुभयो । गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको उक्त बोरिङमा पाइपलाइन विस्तारका लागि यस वर्ष १० लाख रुपैयाँ बजेट रहेको उहाँले बताउनुभयो ।

वडामा हाल ८ वटा स्यालो ट्युबवेल संचालनमा रहेका छन् । `डिप बोरिङ निर्माण भएपछि यस क्षेत्रमा सिँचाइका लागि सहज हुँदा कृषि उत्पादनमा वृद्धि हुनेछ´ वडाध्यक्ष गिरबहादुर थापा क्षेत्रीले भन्नुभयो ।

Write your Comment