आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

देवचुली नगर अस्पतालमा बिरामी भर्ना कक्षको समुदघाटन

    प्रकाशित २०८१ बैशाख ३, सोमबार (२ हफ्ता अघि)


देवचुली। देवचुली नगर अस्पताल दुम्कौलीमा बिरामी भर्ना कक्षको समुदघाटन गरिएको छ । पुर्वाधार विकास कार्यालय कावासोतीको सहयोगमा निर्माण गरिएको १ कोठे भवनमा बिरामी भर्नाका लागि तयार गरिएको कक्षको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले समुदघाटन गर्नुभएको हो ।

विशेषज्ञ सेवा लगायतका सेवा थप गरेको देवचुली नगर अस्पतालमा भर्नाका लागि आजबाट तीन वटा बेड थपिएकाले भर्ना हुने बिरामीहरुका लागि सहज हुने नगर प्रमुख न्यौपानेले बताउनुभयो । नगरपालिकाले नगर अस्पतालमा सेवा थप गर्दै सामान्य उपचारका लागि अन्य ठाउँमा जानुपर्ने बाध्यता अन्त्य गराउने गरि काम गरिरहेको उहाँले बताउनुभयो ।

भर्ना कक्ष समुदघाटनमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, नगर प्रवक्ता तिलप्रसाद काफ्ले , देवचुली १ का वडा अध्यक्ष कृष्णबहादुर केसी, देवचुली ३ का वडा अध्यक्ष होमनाथ पौडेल, कार्यपालिका सदस्य पार्वती अर्याल कंडेल, स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ, लेखा शाखाका अधिकृत नारायण ढकाल, लेखा शाखाका इश्वर वाग्ले, नगर अस्पताल संचालन समितिका सदस्यहरु, नगर अस्पतालका कार्यवाहक प्रमुख चित्रबहादुर सुनार लगायतको उपस्तिथि रहेको थियो ।

नगर प्रमुख लगायतको टोलीले नगर अस्पतालको ल्याब, टिकट काउन्टर, औषधि वितरण कक्ष तथा बिरामी जाँच कक्षको अवलोकन तथा अनुगमन गरेको थियो । नगर प्रमुख न्यौपानेले नगर अस्पतालको सेवाका बारेमा बिरामीहरुसँग जानकारी लिदै स्वास्थ्य कर्मीहरुलाई नगरबासीको सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि निर्देशन दिनुभएको थियो । उहाँले नगर अस्पतालका स्वास्थ्यकर्मीहरुलाई नव वर्ष २०८१ को शुभकामना व्यक्त गर्दै नगर अस्पतालको गरिमा बढाउने गरि सेवाको निरन्तरता दिन आग्रह समेत गर्नुभएको थियो।

Write your Comment