आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता : देवचुली १६ `ए´ र देवचुली १७ `ए´ फाइनल प्रवेश

    प्रकाशित २०८० चैत्र ३०, शुक्रबार (२ हफ्ता अघि)


देवचुली। देवचुली १६ मा संचालित प्रथम वडा स्तरीय फुटबल प्रतियोगितामा शुक्रबार देवचुली १६ `ए´ र देवचुली १७ `ए´ विजयी हुँदै फाइनल प्रवेश गरेको छन् । युवा तथा खेलकुद विकास समिति देवचुली १६ को आयोजना तथा धुसेरी सामुदायिक वन उपभोक्ता समिति र लायन्स क्लब अफ रजहर सिटीको सह आयोजनामा देवचुली १६ को देवचुली माध्यमिक विद्यालयको खेल मैदान रजहरमा भएको खेलमा देवचुली १६ `ए´ ले देवचुली ३ लाई र देवचुली १७ `ए´ले देवचुली १६ `बी´ लाई पराजित गरेको हो ।

आजको पहिलो सेमिफाइनल खेलमा देवचुली १७ `ए´ ले देवचुली १६ `बी´ लाई २-० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । खेलमा देवचुली १६ `बी´ का गितान्स थारु म्यान अफ दि म्याच भएका थिए ।

सेमिफाइनलको दोस्रो खेलमा देवचुली १६ `ए´ ले देवचुली ३ लाई ट्राइबेकरमा हराउँदै फाइनल प्रवेश गरेको हो। निर्धारित समयको खेलमा दुवै टिमबाट १-१ को बराबरी भएपछि खेल ट्राइबेकरमा गएको थियो। खेलमा देवचुली १६ `ए´ का सगुन मल्ल ठकुरी म्यान अफ दि म्याच भएका थिए।

प्रतियोगितामा प्रथम हुने वडाले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने वडाले नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने वडाले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगितामा प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको युवा तथा खेलकुद विकास समिति देवचुली १६ का अध्यक्ष आनन्द बानियाँले जानकारी दिनुभयो ।प्रतियोगितामा बैशाख ३ गते सोमबार फाइनल खेल देवचुली १६ `ए´का विरुद्ध देवचुली १७ `ए´ बिच हुने आयोजकले जनाएको छ ।

Write your Comment