आज:  २०८१ चैत्र ५, मंगलबार | Tue, 18, Mar, 2025 Search
FLASH NEWS

प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता : देवचुली १६ `ए´ सेमिफाइनल प्रवेश

    प्रकाशित २०८० चैत्र २९, बिहिबार (११ महिना अघि)


देवचुली। देवचुली १६ मा संचालित प्रथम वडा स्तरीय फुटबल प्रतियोगितामा बिहीबार देवचुली १६ `ए´ विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । युवा तथा खेलकुद विकास समिति देवचुली १६ को आयोजना तथा धुसेरी सामुदायिक वन उपभोक्ता समिति र लायन्स क्लब अफ रजहर सिटीको सह आयोजनामा देवचुली १६ को देवचुली माध्यमिक विद्यालयको खेल मैदान रजहरमा भएको खेलमा देवचुली १६ `ए´ ले देवचुली ५ लाई पराजित गरेको छ।

खेलमा देवचुली १६ `ए´ ले देवचुली ५ लाई ३-० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा तीन गोल नै देवचुली १६ `ए´ का अमन अधिकारीले गरेका छन् । खेलमा देवचुली १६ `ए´ का अमन अधिकारी म्यान अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने वडाले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने वडाले नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने वडाले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगितामा प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको युवा तथा खेलकुद विकास समिति देवचुली १६ का अध्यक्ष आनन्द बानियाँले जानकारी दिनुभयो ।प्रतियोगितामा शुक्रबारको पहिलो सेमिफाइनल खेल देवचुली १७ `ए´ का विरुद्ध देवचुली १६ `बी´ र दोस्रो सेमिफाइनल खेल देवचुली ३ र देवचुली १६ `ए´ बिच हुने आयोजकले जनाएको छ ।

 

Write your Comment