आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता : बुधबार देवचुली ३ र देवचुली १७ `ए´ विजयी

    प्रकाशित २०८० चैत्र २९, बिहिबार (२ हफ्ता अघि)


देवचुली। देवचुली १६ मा संचालित प्रथम वडा स्तरीय फुटबल प्रतियोगितामा बुधबार देवचुली ३ र देवचुली १७ `ए´ विजयी भएका छन् । युवा तथा खेलकुद विकास समिति देवचुली १६ को आयोजना तथा धुसेरी सामुदायिक वन उपभोक्ता समिति र लायन्स क्लब अफ रजहर सिटीको सह आयोजनामा देवचुली १६ को देवचुली माध्यमिक विद्यालयको खेल मैदान रजहरमा भएको खेलमा देवचुली ३ ले देवचुली १७`बी´ लाई पराजित गरेको छ भने देवचुली १७ `ए´ ले देवचुली १ लाई पराजित गरेको छ।


बुधबारको पहिलो खेलमा देवचुली ३ ले देवचुली १७`बी´ लाई ट्राइबेकरमा हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।निर्धारित समयको खेलमा दुवै टिमबाट गोलरहित बराबरी भएको थियो। त्यसै गरि दोस्रो खेलमा देवचुली १७ `ए´ ले देवचुली १ लाई १-० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो खेलमा देवचुली ३ का राजेश भण्डारी म्यान अफ दि म्याच भएका थिए भने दोस्रो खेलमा देवचुली १७ `ए´ का सन्दीप तामाङ म्यान अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने वडाले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने वडाले नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने वडाले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगितामा प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको युवा तथा खेलकुद विकास समिति देवचुली १६ का अध्यक्ष आनन्द बानियाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा बिहीबारको पहिलो खेल देवचुली ५ का विरुद्ध देवचुली १६ `ए´ र दोस्रो खेल देवचुली १७ `ए´ का विरुद्ध देवचुली १६ `बी´ बिच हुने आयोजकले जनाएको छ ।

Write your Comment