आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024 Search
FLASH NEWS

प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता : मंगलबार देवचुली १६ `बी´ र देवचुली १७ `बी´ विजयी

    प्रकाशित २०८० चैत्र २८, बुधबार (३ हफ्ता अघि)


देवचुली। देवचुली १६ मा संचालित प्रथम वडा स्तरीय फुटबल प्रतियोगितामा मंगलबार देवचुली १६ `बी´ र देवचुली १७ `बी´ विजयी भएका छन् । युवा तथा खेलकुद विकास समिति देवचुली १६ को आयोजना तथा धुसेरी सामुदायिक वन उपभोक्ता समिति र लायन्स क्लब अफ रजहर सिटीको सह आयोजनामा देवचुली १६ को देवचुली माध्यमिक विद्यालयको खेल मैदान रजहरमा भएको खेलमा देवचुली १६ `बी´ ले देवचुली ७ लाई पराजित गरेको छ भने देवचुली १७ `बी´ ले देवचुली ४ लाई पराजित गरेको छ।

मंगलबारको पहिलो खेलमा देवचुली १६ `बी´ ले देवचुली ७ लाई १-० गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । त्यसै गरि दोस्रो खेलमा देवचुली १७ `बी´ ले देवचुली ४ लाई ट्राइबेकरमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट १-१ गोल भएको थियो । पहिलो खेलमा देवचुली १६ `बी´ का विपिन भण्डारी म्यान अफ दि म्याच भएका थिए भने दोस्रो खेलमा देवचुली १७ `बी´ का विशाल क्षेत्री म्यान अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने वडाले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने वडाले नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने वडाले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगितामा प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको युवा तथा खेलकुद विकास समिति देवचुली १६ का अध्यक्ष आनन्द बानियाँले जानकारी दिनुभयो । प्रतियोगितामा बुधबारको पहिलो खेल देवचुली ३ का विरुद्ध देवचुली १७ `बी´ र दोस्रो खेल देवचुली १ का विरुद्ध देवचुली १७ `ए´ बिच हुने आयोजकले जनाएको छ ।

Write your Comment