आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024 Search
FLASH NEWS

प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता : सोमबार देवचुली १ र देवचुली १६ `ए´ विजयी

    प्रकाशित २०८० चैत्र २७, मंगलबार (३ हफ्ता अघि)


देवचुली। देवचुली १६ मा संचालित प्रथम वडा स्तरीय फुटबल प्रतियोगितामा सोमबार देवचुली १ र देवचुली १६ `ए´ विजयी भएका छन् । युवा तथा खेलकुद विकास समिति देवचुली १६ को आयोजना तथा धुसेरी सामुदायिक वन उपभोक्ता समिति र लायन्स क्लब अफ रजहर सिटीको सह आयोजनामा देवचुली १६ को देवचुली माध्यमिक विद्यालयको खेल मैदान रजहरमा भएको खेलमा देवचुली १ ले देवचुली ११ लाई पराजित गरेको छ भने देवचुली १६ `ए´ ले देवचुली ९ लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।

सोमबारको पहिलो खेलमा देवचुली १ ले देवचुली ११ लाई ट्राइबेकरमा हराएको हो । निर्धारित समयको खेलमा दुवै टिमको ०-० को बराबरी हुँदै खेल ट्राइबेकरमा गएको थियो। त्यसै गरि दोस्रो खेलमा देवचुली १६ `ए´ ले देवचुली ९ लाई ट्राइबेकरमा हराउँदै अर्को चरण प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट १-१ गोल भएको थियो । पहिलो खेलमा देवचुली १ का सुरज परियार म्यान अफ दि म्याच भएका थिए भने दोस्रो खेलमा देवचुली १६ `ए´ का निगम बिक म्यान अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने वडाले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने वडाले नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने वडाले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगितामा प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको युवा तथा खेलकुद विकास समिति देवचुली १६ का अध्यक्ष आनन्द बानियाँले जानकारी दिनुभयो । प्रतियोगितामा मंगलबारको पहिलो खेल देवचुली १६`बी´ का विरुद्ध देवचुली ७ र दोस्रो खेल देवचुली ४ का विरुद्ध देवचुली १७ `बी´ बिच हुने आयोजकले जनाएको छ ।

Write your Comment