आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024 Search
FLASH NEWS

वडास्तरीय टि-२० क्रिकेट प्रतियोगिता : सोमबार देवचुली १ र देवचुली ७ विजयी

    प्रकाशित २०८० चैत्र २६, सोमबार (३ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित वडास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा सोमबार देवचुली १ र देवचुली ७ विजयी भएका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा रोयल क्रिकेट एकेडेमीको व्यवस्थापनमा एकेडेमीको खेलमैदानमा चैत २४ गतेदेखि चैत ३० गतेसम्म प्रतियोगिता संचालन गरिएको हो ।

सोमबार भएको पहिलो खेलमा देवचुली १ ले देवचुली ४ लाई ७ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको देवचुली ४ ले दिपेन्द्र सोती मगरको ३३ रन र पुर्णचन्द्र तिवारीको २२ रनको मद्दतले २० ओभरमा ७ विकेटको क्षतिमा १२७ रन बनाएको थियो । बलिङतर्फ देवचुली १ का अजय थनेतले ३ विकेट र किसन बस्नेतले १ विकेट लिएका थिए ।

त्यसैगरी जवाफी ब्याटिङ गरेको देवचुली १ ले १५.१ ओभरमा ३ विकेटको क्षतिमा १२८ रन बनाउँदै ७ विकेटले जित हासिल गरेको थियो । देवचुली १ बाट किसन बस्नेतले ४२ रन र लक्ष्मण महतोले ३४ रन बनाएका थिए । खेलमा देवचुली १ का किसन बस्नेत प्लेयर अफ दि म्याच भएका थिए ।

सोमबारको दोस्रो खेलका लागि देवचुली १७ अनुपस्थित भएपछी देवचुली ७ लाई विजयी घोषणा गरिएको थियो।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ ।त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ५/५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ। खेलमा प्रतियोगिताका हरेक खेलको म्यान अफ दि म्याचसहित प्रतियोगिताको उत्कृष्ट खेलाडी, बलर र ब्याट्सम्यानलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेल देवचुली १ का विरुद्ध देवचुली ३ बिच र दोस्रो खेल देवचुली ७ का विरुद्ध देवचुली १४ बीच हुने खेल तालिका रहेको छ ।

Write your Comment