आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024 Search
FLASH NEWS

हुप्सेकोट गाउँपालिकामा निःशुल्क दन्त परीक्षण शिविर

    प्रकाशित २०८० चैत्र २६, सोमबार (३ हफ्ता अघि)


नवलपुर । हुप्सेकोट गाउँपालिकामा निःशुल्क दन्त परीक्षण शिविर सञ्चालन भएको छ । चितवन मेडिकल कलेजको सहयोगमा देउराली प्राथमिक अस्पताल झ्यालबासमा आइतबार शिविर संचालन गरिएको हो ।

हुप्सिकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेको अध्यक्षतामा भएको शिविरमा ९२ जना व्यक्तिको दन्त परीक्षण गरिएको हो । शिविरमा आएकामध्ये धेरैजसोको दाँतमा किरा लाग्ने समस्या देखिएको र केहीको दाँत निकालिएको हुप्सिकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । शिविरमा चितवन मेडिकल कलेजबाट डा. नरेशप्रसाद जोशी, डा. अस्मिता बराल, डा. सुजता उप्रेती, डा. अस्मिता अधिकारी, सुदृष्टी शर्मा लगायतले दन्त परीक्षण गर्नुभएको थियो। शिविरमै आवश्यकलाई औषधि पनि निःशुल्क वितरण गरिएको सापकोटाले जानकारी दिनुभयो ।

शिविर समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शिविर संचालनका लागि सहयोग गरेकोमा चितवन मेडिकल कलेजलाई धन्यवाद दिदै आगामी दिनमा अझै सेवा थप गरि शिविर संचालनका लागि सहयोग गर्न समेत आग्रह गर्नुभएको थियो। शिविर गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत स्थानीयको उपस्थिति रहेको थियो।

Write your Comment