आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

    प्रकाशित २०८० चैत्र २५, आईतबार (३ हफ्ता अघि)


देवचुली। देवचुलीमा आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना र वडा युवा तथा खेलकुद विकास समिति देवचुली ४ को सह आयोजनामा अमर टोल कबर्ड हल देवचुली ४ मा शुक्रबार र शनिबार प्रतियोगिता संचालन गरिएको हो ।

प्रतियोगितामा सिनियरतर्फ धनबहादुर आले र कुलबहादुर जर्घाको टिम प्रथम भएको छ भने मानबहादुर सुनाखरी र प्रदिप गुरुङको टिम दोस्रो भएको छ। जुनियरतर्फ प्रदिप गुरुङ र सगुन गुरुङको टिम प्रथम भएको छ। जुनियरतर्फ प्रसन्न सापकोटा र विजय भट्टराईको टिम दोस्रो भएको छ। त्यसै गरि प्रतियोगितामा ४० वर्ष उमेर माथिकाको भेट्रान्स खेलमा धनबहादुर आले र टंकबहादुर रानाको टिम प्रथम भएको छ भने मानबहादुर सुनाखरी र दिपक चापागाईको टिम दोस्रो भएको छ।

प्रतियोगितामा सिनियर तर्फ प्रथम हुने टिमलाई ६ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने दोस्रो हुने टिमलाई नगद ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
जुनियरतर्फ प्रथम हुने टिमलाई ८ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने दोस्रो हुने टिमलाई नगद ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

त्यसै भेट्रान्स खेलमा प्रथम हुने टिमलाई ७ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने दोस्रो हुने टिमलाई नगद ४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगिताका बिजेताहरुलाई देवचुली ३ का वडा अध्यक्ष होमनाथ पौडेल, देवचुली ४ का वडा अध्यक्ष गिरबहादुर थापा , देवचुली ५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटाद्वारा पुरस्कार वितरण गर्नुभएको थियो। प्रतियोगितामा ३७ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।

Write your Comment