आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024 Search
FLASH NEWS

देवचुली ७ मा मस्यौरा बनाउने तालिम

    प्रकाशित २०८० चैत्र २५, आईतबार (३ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ७ मा मस्यौरा बनाउने तालिम सुरु भएको छ । देवचुली नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोगमा आर्थिक वर्ष २०८०/०८१ का लागि स्वीकृत महिला सिप विकास तालिम अन्तरगत मस्यौरा बनाउने तालिम सुरु गरिएको हो । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको व्यवस्थापन तथा सहजिकरणमा शनिबार र आइतबार वडा कार्यालयको सभाहलमा तालिम प्रदान गरिएको हो ।

महिलाहरुको आत्मनिर्भरता र सशक्तीकरणका लागि आयआर्जन गराउने, स्थानीय वस्तु, सीप, क्षमतालाई व्यवसायिकरण गराउने साथै वडालाई अर्गानिक तरकारीमा आत्मनिर्भर बनाउनका लागि तालिमको आयोजना गरिएको देवचुली ७ का अध्यक्ष भुमिसरा थापाले जानकारी दिनुभयो । स्थानीय रुपमा उत्पादन भएका मास, कर्कलो वा पिंडालुबाट मस्यौरा बनाउन सिकाईने उहाँले बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका उपाध्यक्ष कमल बाचेको अध्यक्षतामा भएको तालिमको समुदघाटनमा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली ७ का वडा अध्यक्ष भुमिसरा थापा, ग्रिन फाउन्डेसन नवलपुरका अध्यक्ष ठाकुर पाण्डे, सचिव दुर्गा देवी विष्ट , वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

दुई दिन सम्म संचालन हुने तालिममा मस्यौरा बनाउने तरिका,मस्यौरा बनाउँदा ध्यान दिनुपर्ने कुराहरु र बजारीकरणका विषयमा ग्रिन फाउन्डेसन नवलपुरका अध्यक्ष ठाकुर पाण्डे, सचिव दुर्गा देवी विष्ट र कोषाध्यक्ष खेमनारायण महतोले सहजीकरण गर्ने अयोजकले जनाएको छ। तालिमका लागि देवचुली ७ मा रहेका विभिन्न टोलबाट महिलाहरूको सहभागिता रहेको छ।

Write your Comment