आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024 Search
FLASH NEWS

एमाले नवलपुर अधिवेशनको तयारीमा, ओलीले उद्घाटन गर्ने

    प्रकाशित २०८० चैत्र २३, शुक्रबार (४ हफ्ता अघि)


नवलपुर । नवौं जिल्ला अधिवेशनको संघारमा रहेको एमाले नवलपुरको नयाँ नेतृत्व सकभर सर्वसम्मत बनाउन प्रयास हुने नेताहरुले बताएका छन् । शुक्रवार अधिवेशन स्थल कावासोतीको पानस बेन्क्युटमा अधिबेशनको तयारी बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोलेका जिल्ला ईन्चार्ज मना केसी, पार्टी अध्यक्ष मुक्तिराम पाण्डे र जिल्ला कमिटी सचिवालय सदस्य एवं जिल्ला अधिवेशन प्रचार प्रसार उप समिति संयोजक होमनाथ जैसीले सर्वसम्मतको प्रयास हुने तर सर्वसम्मत हुन नसके लोकतान्त्रिक प्रजातान्त्रिक अभ्यास अवलम्वन गरेर नेतृत्व चयन हुने आशय व्यक्त गरेका छन् ।

चैत २६ गते पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने नवौं जिल्ला अधिबेशनलाई वातावरणमैत्री रुपमा सम्पन्न गर्न खादा प्रयोग नगरिने, सडक दुर्घटना न्यूनीकरणलाई मध्यनजर गर्दै मुख्य मार्गमा स्वागतद्धार नराखिने, प्रचार प्रसारका लागि डिजिटल बोर्ड प्रयोग गरिने लगायतको जानकारी दिईएको थियो ।

प्रचार प्रसार उपसमितिका संयोजक होमनाथ जैसीको अध्यक्षता तथा पार्टीका नवलपुर ईन्चार्ज मना केसीको प्रमुख आतिथ्यतामा आयजित पत्रकार सम्मेलनमा अधिबेशनको तयारीका बारेमा पार्र्टीका नवलपुर जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले स्पष्ट पारेका थिए ।

कुल ७ सय ५१ प्रतिनिधि रहने अधिवेशनमा न्यून पर्यवेक्षक एवं आवश्यकता अनुसार स्वयंसेवक रहने जनाईएको छ । वर्तमान आर्थिक विषमताको परिस्थितिमा अधिवेशनलाई कम खर्चमा सम्पन्न गर्न मितव्ययिता अपनाईने समेत सो अवसरमा जानकारी दिईएको छ ।

पाण्डेका अनुसार अधिवेशन सम्पन्न गर्न करिव २० लाख रुपैया खर्च अनुमान गरिएको छ । अनुमानित वजेट स्रोतको व्यवस्थापन अधिवेशन प्रतिनिधि र पार्टी सदस्यबाट जुटाईने बताईएको छ ।

नयाँ बन्ने जिल्ला कमिटि वढीमा १ सय ५ सदस्यको हुने जसमा युवा, महिला, जातिय मुक्ति मोर्चाबाट विधानले तोके अनुसार हुने पनि जनाईएको छ ।

Write your Comment