आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

नवलपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

    प्रकाशित २०८० चैत्र २०, मंगलबार (६ महिना अघि)


नवलपुर । नवलपुरमा स्कुलबसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । एक जना घाइते भएकाछन् । जिल्लाको गैँडाकोट नगरपालिका ५ ओमशान्ती चोकबाट सरस्वती स्कुल चोकतर्फ जादै गरेको बालविकास बोर्डिङ स्कुलको ना ४ ख १०४१ नम्बरको बसले
बा ९३ प ९२०९ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ पर्वत फलेवास नगरपालिका ४ घर भई हाल भरतपुर महानगरपालिका २१ बस्ने बर्ष ६८ की पार्वती पौडेलको मृत्यु भएको हो । उपचारका क्रममा उहाँको भरतपुरमा ज्यान गएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परि गैडाकोट नगरपालिका ५ बस्ने बर्ष २० की आशिका सापकोटा घाइते हुनुभएको छ । सापकोटाको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ । बसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Write your Comment