आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

एमाले नवलपुरको अधिवेशन पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने

    प्रकाशित २०८० चैत्र २०, मंगलबार (३ महिना अघि)


नवलपुर । नेकपा एमाले जिल्ला कमिटी नवलपुरको ९ औं अधिवेशन आगामी चैत्र २६ देखि सुरु हुँदैछ । अधिवेशनको उद्घाटन कावासोती स्थित पानस पाटी प्यालेसमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

एमाले नवलपुरले गत चैत १६ र १७ गते अधिवेशनका लागी प्रतिनिधि छनौट कार्य सम्पन्न गरेको छ । अधिवेशत नजिकिए सँगै तयारीलाई तिव्रता दिईएको एमाले नवलपुरका अध्यक्ष मुक्तिराम पाण्डेले जानकारी दिनुभएको छ । पाण्डेका अनुसार ९ औं जिल्ला सम्मेलनको समुद्धाटन एमाले अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीबाट हुने भएको बताए ।

जिल्लामा पाटी अध्यक्ष आउने भएसँगै कार्यकर्तामा समेत उत्साह आएको अध्यक्ष पाण्डेले बताए । उनका अनुसार प्रतिवेदन लेखन समितिको सोमबार बैठक बसी लेखन कार्य शुरु गरीएको जनाए । त्यस्तै प्रतिनिधीहरुको प्रमाणिकरण र प्रतिनिधी कार्ड निर्माण कार्य तिव्र रुपमा भएको जनाए ।

Write your Comment