आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा मौरीको टोकाइबाट ८ जना विद्यार्थी घाइते

    प्रकाशित २०८० चैत्र १३, मंगलबार (१ महिना अघि)


नवलपुर । नवलपुरको डण्डामा मौरीको टोकाइबाट ८ जना विद्यार्थी घाइते भएका छन् । कावासोती नगरपालिका वडा नम्बर १६ डण्डामा रहेको जनता माविमा अध्ययनरत ८ जना विद्यार्थीहरुलाई मंगलबार बिहानको समयमा मौरीले टोकेको हो ।

मौरीको टोकाइबाट कावासोती १६ निवासी ७ वर्षीया मनकुमारी परियार , १० वर्षीय अर्चन पौडेल , १० वर्षकी रोजिना बोहोरा र ११ वर्षकी समन परियार रहेका छन् । यस्तै गरि कावासोती १४ निवासी ९ वर्षीय रञ्जित थापा मगर , ११ वर्षकी चनमती मास्की मगर रहेका छन् भने मध्यबिन्दु १ सेतापानी बस्ने ९ वर्षीय विष्णु खनाल र १० वर्षीय सौरभ पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरीनायब उपरिक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

उनीहरू सबै २, ३ र ४ कक्षामा पढ्दै गरेका विद्यार्थी हुन् । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कुलनजिक रहेको घारबाट निस्केका मौरीले विद्यार्थीहरुलाई टोकेको प्रहरीको भनाइ छ । सबै घाइतेको अवस्था खतरामुक्त रहेको जिल्ला अस्पतालले जनाएको छ ।

Write your Comment