आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा कक्षा ५ को स्तरीकृत परीक्षा सम्पन्न

    प्रकाशित २०८० चैत्र ३, शनिबार (१ महिना अघि)


देवचुली।देवचुली नगरपालिकामा नगरस्तरीय कक्षा ५ को स्तरीकृत परीक्षा लिइएको छ। शनिबार देवचुली नगरपालिकाले विभिन्न परीक्षा केन्द्र मार्फत कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरुको परीक्षा लिइएको हो । गत फागुन २२ गते बसेको नगर स्तरीय परीक्षा समितिको निर्णय अनुसार शनिबार ११ बजेबाट ५ वटा परीक्षा केन्द्रबाट परीक्षा लिइएको हो।

देवचुली नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत गरि ३५ वटा विद्यालयका १२४१ जना विद्यार्थीहरुमध्ये १२३४ जना विद्यार्थी कक्षा ५ को स्तरीकृत परीक्षामा सहभागी थिए । देवचुली माध्यमिक विद्यालय, नेपाल माध्यमिक विद्यालय , विश्वज्योति माध्यमिक विद्यालय,जनज्योति नमुना माध्यमिक विद्यालय र भीमसेन आदर्श माध्यमिक विद्यालयमा स्तरीकृत परीक्षाको केन्द्र तोकिएको थियो।

परीक्षामा कक्षा ५ मा पढाइ हुने विषयहरुको एकिकृत रुपमा ६० पूर्णाकंको प्रश्नपत्र तयार गरिएको देवचुली नगरपालिकाका शिक्षा अधिकृत नन्दलाल ढकालले जानकारी दिनुभयो ।परीक्षाबाट विद्यार्थीसँगै विद्यालयको स्तर मापनसँगै परीक्षा भन्ने बित्तिकै विद्यार्थीमा त्रसित हुनुपर्ने वातावरण नआओस् भन्ने उद्देश्यका साथ स्तरीकृत परीक्षा लिइएको उहाँले बताउनुभयो । शनिबार लिइएको परीक्षाको नतिजा चैत मसान्तसम्म गरिने देवचुली नगरपालिकाले जनाएको छ ।

Write your Comment