आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

रजहर खानेपानीको अध्यक्षमा बासुबाबु कोइराला निर्वाचित

    प्रकाशित २०८० चैत्र १, बिहिबार (७ महिना अघि)


देवचुली। रजहर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा बासुबाबु कोइराला विजयी भएका छन् । कोइरालाले निकतम प्रतिष्पर्धी गंगाबहादुर थापालाई ९ मतले हराउँदै विजयी भएका हुन् । कोइरालाले ६५१ मत ल्याई विजयी हुँदा थापाले ६४२ मत ल्याएका थिए।

संस्थाको उपाध्यक्षमा लालप्रसाद अधिकारी, सचिवमा घनश्याम गौतम, सहसचिवमा शान्ति सुनार र कोषाध्यक्षमा पार्वता पौडेल आचार्य विजयी भएका छन् । त्यसै गरि लेखा संयोजकमा गणेशबहादुर रायमाझी, लेखा सदस्यहरुमा मन्जु थापा मगर र लक्ष्मी लामिछाने विजयी भएका छन् । त्यसै गरि सदस्यहरुमा मुक्तिप्रसाद पौडेल, सीता गुँरौ, धनमाया खोजवार, गंगाराम महतो, रामप्रसाद न्यौपाने, धनबहादुर रायमाझी क्षेत्री र ढाकाराम शर्मा विजयी भएका छन् भने खोरबहादुर थनेत निर्विरोध निर्वाचित भएका थिए ।

संस्थाका कार्यसमिति चयनका लागि भएको निर्वाचनमा २ हजार ९२ मत खसेको थियो।

Write your Comment