आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

रजहर खानेपानीको निर्वाचनमा २०९२ मत खस्यो

    प्रकाशित २०८० फागुन ३०, बुधबार (४ महिना अघि)


देवचुली। देवचुली नगरपालिकामा रहेको रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन सम्पन्न भएको छ । बुधबार वरचुली माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न मतदानमा २ हजार ९२ मत खसेको निर्वाचन संयोजक शिवहरी अधिकारीले जानकारी दिनुभयो ।

संस्थाको निर्वाचनका लागि दुइ हजार आठ सय ५४ मतदाता रहेका थिए । खानेपानी संस्थाको कार्य समितिका चयनका लागि ७३.३० प्रतिशत मतदाताले मतदान गरेका छन् । संस्थाको कार्य समिति चयनका लागि बुधबार बिहान ८:३० बाट सुरु भएको मतदान दिउँसो ४ बजेसम्म संचालन भएको थियो । निर्वाचनको मतगणना केही समयपछि गरिने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ ।

संस्थाको आगामी अध्यक्ष पदका लागि चार जना प्रतिष्पर्धामा रहेका छन् । अध्यक्षका लागि कृष्णप्रसाद तिवारी, बासुबाबु कोइराला, टेकबहादुर क्षेत्री र गंगाबहादुर थापा प्रतिष्पर्धामा रहेका छन् । निर्वाचनको मतगणनाबाट अध्यक्ष,उपाध्यक्ष, सचिव,सह सचिव , कोषाध्यक्ष, लेखा समिति संयोजक, सदस्यहरू र साविक वडाबाट सदस्यहरु चयन हुनेछन् । साविक रजहर वडा नं २ मा खोरबहादुर थनेत निर्विरोध निर्वाचित भइसकेका छन्।

Write your Comment