आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा नाबालिका करणी गरेको आरोपमा २ जना पक्राउ

    प्रकाशित २०८० फागुन २१, सोमबार (४ महिना अघि)


देवचुली। नवलपुरको देवचुलीमा नाबालिका करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ परेको छ । देवचुली नगरपालिका घर भएका २ बालकहरु ललाई फकाई नाबालिक माथी करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन कुमार शर्माका अनुसार फागुन ७ गते स्थानीय ५ बर्षिय नाबालिकालाई करणी गरेको आरोपमा १४ वर्षका २ बालकहरु पक्राउ परेका छन् । बालिकालाई चकलेट दिएर नजिकैको जंगलमा लगेर करणी गरेको भन्दै बालिकाका आफन्तले उजुरी दिएपछि प्रहरीले बालकहरुलाई पक्राउ गरि मुद्धा दायर गरेको हो ।

फागुन ४ गते घटना भएको तेस्रो दिन प्रहरीले बालकहरुलाई उनिहरुको घरबाटै नियन्त्रणमा लिएको हो । पक्राउ परेका बालकहरु कक्षा ६ र कक्षा ७ मा अध्ययनरत छन् । पक्राउ परे लगत्तै दुवै जना विरुद्ध जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गर्न म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

Write your Comment