आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

नेदरल्यान्ड्सविरुद्ध नेपालको शानदार जित

    प्रकाशित २०८० फागुन १९, शनिबार (१ महिना अघि)


काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेदरल्यान्ड्समाथि नेपालले शानदार जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको हो । सिरिजमा नेपालको यो दोस्रो जित हो । नेपालले दुई खेलमा भने पराजय भोगेको छ ।

शनिबारको खेलमा नेपालले १ सय २१ रनको लक्ष्य १५ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४६ रन तथा गुल्सन झाले ३८ रन जोडे । कुशल भुर्तेलले १२ रन बनाए । नेदरल्यान्ड्सका लागि भिभियन किंग्माले ३ तथा आर्यन दत्तले १ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय २० रन बनाएको हो । नेदरल्यान्ड्सका लागि म्याक्स ओ दाउदले ३१ रन, कप्तान स्कट इडवार्ड्सले १८ रन तथा टिम भान डेरले २४ रन जोडे । नेपालका लागि प्रतिश जिसीले ३ तथा करण केसी र कुशल मल्लले २-२ विकेट हात पारे । दिपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे ।

Write your Comment