आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

    प्रकाशित २०८० फागुन १९, शनिबार (४ महिना अघि)


नवलपुर । नवलपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भने अर्का एकजना घाइते भएका छन् । शुक्रबार साँझ ८ बजेको समयमा विनयी त्रिवेणी गाउँपालिका ५ देउराली स्थित भित्री सडक खण्डमा बसले ठक्कर दिँदा सोही ठाउँ बस्ने ६८ वर्षीय दिलबहादुर रखालको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुम्किबासबाट देउरालीतर्फ जाँदै गरेको लु १ ख ६३९० नम्बरको बसले २ जना पैदल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट स्थानीय ७६ बर्षीय सोमबहादुर लम्का मगर गम्भीर घाइते भएका छन् । लम्का मगरको स्थानीय मेडिकलमा उपचार भईरहेको र उनको शरिरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनापछि बस प्रहरीको नियन्त्रणमा रहे पनि बस चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

Write your Comment