आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

आगामी निर्वाचनमा माओवादीले एक्लै निर्वाचन लड्ने

    प्रकाशित २०८० फागुन १६, बुधबार (२ महिना अघि)


काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने भएको छ । आज सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो ।नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म भएको महासमिति बैठकले गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको विषय पनि स्थायी कमिटी बैठकमा छलफल भएको थियो।

‘अब आउने निर्वाचनमा हाम्रो पार्टीले सिंगल नै प्रतिस्पर्धा गर्नेछ’, उपाध्यक्ष अग्नि सापकोटाले भने, ‘यो विषय कार्यनीतिक विषय हो । रणनीतिक विषय होइन । तर हाम्रो पार्टीले एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्छ ।’

Write your Comment